यस्तो छ विवेकशील साझाको चुनावी प्रतिबद्धता (पूर्णपाठ) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ विवेकशील साझाको चुनावी प्रतिबद्धता (पूर्णपाठ)


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । विवेकशील साझा पार्टीले जनप्रतिनिधिहरूको विषयमा राइट टू रिकल र राइट टू रिजेक्टको व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ । पार्टीले अगामी निर्वाचनका विजय हासिल गरे भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्ने पनि बताएको छ ।

पार्टीले मंगलबार मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा आत्मनिर्भर र दिगो अर्थतन्त्रको चार खम्बाको रूपमा प्रविधि, जलविद्युत्, कृषि र पर्यटनलाई राखिएको छ ।

यस्तै, जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गरिने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयलाई प्राथमिकता राखिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

घोषणापत्रले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समीक्षा बास्कोटाले केही व्यक्तिहरूले पार्टी छोडेर जाँदैमा विवेकशील साझा कमजोर नभएको उल्लेख गरिन् । विचारको बहसमा १८ महिना समय खेर फाले पनि वैकल्पिक राजनीतिको बीज भने पार्टीले २०७४ सालदेखि नै रोप्न सफल भएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस