राजनीति गर्नेले जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्नुपर्छ : लक्ष्मणलाल कर्ण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजनीति गर्नेले जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्नुपर्छ : लक्ष्मणलाल कर्ण


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले राष्ट्रिय राजनीति गर्ने नेताले देशको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्नुपर्ने बताएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कर्णले निर्वाचन क्षेत्र परिवर्तन गर्ने आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

नेता कर्ण ०७४ को निर्वाचनमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । तर यसपटक उनी पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।

आफ्नो निर्वाचन क्षेत्र छोडेर क्षेत्र नं १ मा आएपछि उनको आलोचना भइरहेको छ ।

अन्तिम समयमा आएर पार्टी लोकतान्त्रिक गठबन्धनमा सामेल भएका कारण आफूले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपरेको उनको भनाई छ ।

नेता कर्णले आफू कोहीसँग प्रतिस्पर्धा गर्न नभई जित्न उठेको बताए ।

३० वर्ष वकालत गरेको वीरगञ्जमा डुल्दा सबैले वकिल साहेब नै भन्ने गरेको बताउँदै उनले आफ्नो शाश्वत परिचय पनि त्यही भएको बताए ।

वीरगञ्जमा उच्च अदालत जनकपुरको अस्थायी इजलास पनि आफूले नै ल्याएको उनले बताए ।

उच्च अदालतको अस्थायी इजलासका लागि वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा आफूले नै उपलब्ध गराएको नेता कर्णले दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस