मंसिर ४ को निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर : शङ्कर पोख्रेल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मंसिर ४ को निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर : शङ्कर पोख्रेल


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्।

केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई मंसिर ४ मा बिदा गर्नुपर्ने उनले बताए। नेकपा एमाले तुलसीपुर–१९ को निर्वाचन सम्पर्क कार्यालयको बिजौरिमा उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन्।

गठबन्धन सरकार आएपछि जनजीविकाको अवस्थाले नै यो सरकारको हालत दर्शाइसकेको भन्दै पोख्रेलले जनता र राष्ट्रहितमा काम गर्न एमालेकै सरकार चाहिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस