तीन महिनामा काठमाडौँ महानगरले गर्‍यो १ अर्ब ४७ करोड खर्च  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन महिनामा काठमाडौँ महानगरले गर्‍यो १ अर्ब ४७ करोड खर्च 


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष कुल बजेट २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ मध्ये १ अर्ब ४७ करोड १६ लाख ६५ हजार खर्च भएको जनाएको छ ।

१ साउनदेखि असोज मसान्तसम्म महानगरले विषयगत तर्फ सबैभन्दा धेरै खर्च सामाजिक विकास तर्फ १३ प्रतिशत गरेको छ । यस्तै आर्थिक विकास तर्फ १ दशमलव १७ प्रतिशत खर्च भएको छ भने पूर्वाधार विकास तर्फ ४ दशमलव ५ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।

महानगरले सार्वजनिक गरेको तीन महिनाको खर्चको अनुसार सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा २ दशमलव २२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ११ दशमलव ३४ प्रतिशत खर्च भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस