२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरी भीष्मराज आङदेम्बे र वसन्त नेम्वाङ चुनावी मैदानमा, कसले मार्ला बाजी ?

अ+ अ-

काठमाडौँ । पूर्वी पहाडी जिल्ला पाँचथरमा पुरानै प्रतिस्पर्धी पाँच वर्षपछि फेरि आमनेसामने भएका छन् । नेकपा एमालेका वसन्तकुमार नेम्वाङ र नेपाली काँग्रेसका भीष्मराज आङदेम्बे ४ मंसिरको चुनावमा सांसद बन्न प्रतिस्पर्धामा छन् ।

काँग्रेस सहमहामन्त्री आङ्देम्बेलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ ।

दुवैले जिल्लाको विकास निर्माणलाई आफ्नो प्राथमिकतामा राखेका छन् र आफूले चुनाव जित्ने दाबी गरेका छन् । काँग्रेस नेता आङ्देम्बेले चुनाव जितेमा आफू मन्त्री हुने भन्दै प्रचार गरेका छन् भने एमाले नेता नेम्वाङले आफूले मन्त्री हुँदा सुरु गरेको योजना अधुरै रहेकाले त्यसलाई पूरा गर्न आफैँले जित्नुपर्ने बताएका हुन् ।

‘यसअघि संविधान सभा सदस्यको हैसियतमा संविधान निर्माणमा महत्त्वपूर्ण योगदान दिएको छु,’ आङ्देम्बे भन्छन्, ‘अहिलेसम्म निर्माणको काम गर्ने ठाउँमा हालसम्म नपुगेकाले पाँचथरे जनताले सोचे अनुरूप काम गर्न सकिन, यो पल्ट त्यो अवसर आएको महसुस गरेको छु ।’

पाँचथरका विभिन्न रुटमा साइक्लिङ लगायतका साहसिक खेलको सम्भावना रहेको, जिल्लालाई औद्योगिक क्षेत्रको रूपमा विकास गरेर ठूलो रोजगारीको सम्भावना रहेको आङ्देम्बेले बताएका छन् ।

एमाले नेता वसन्तकुमार नेम्वाङले यसअघिका अधुरा योजना पूरा गर्नको लागि उम्मेदवारी रहेको बताउँछन् । ‘म मन्त्री हुँदा आएका योजना अधुरा मात्र होइन अपुरो पनि रहेका छन् । म मन्त्रीबाट बाहिरिएपछि ती योजनाहरूले गति लिन पाएका छैन । ती योजना पूरा गर्न र समृद्ध पाँचथर निर्माण गर्नको लागि मेरो उम्मेदवारी हो’, उनले भने ।

राँके-रविभेडेटार सडक खण्ड कालोपत्रे योजना पूरा गर्ने र पाँचथरका घरघरमा बिजुली पुर्‍याउने पनि आफ्नो एजेण्डा रहेको नेम्वाङले बताए ।

तमोर करिडोर सडक सम्पन्न गर्ने, मध्यपहाडी लोकमार्गको अधुरो काम पूरा गर्न पनि आफूले जित्नु पर्ने दाबी उनको छ ।

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा पाँचथरको एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र सबैमा बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए । प्रतिनिधिसभामा एमालेका नेम्वाङ निर्वाचित हुँदा एउटा प्रदेशसभामा एमाले र अर्कोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा काँग्रेसका आङ्देम्बे नेम्वाङसँग १० हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए ।

२०७४ सालमा नेम्वाङले ३८ हजार ६१६ मत पाउँदा आङ्देम्बेले २८ हजार ३५ मत पाएका थिए । तर अघिल्लो पटक निर्वाचित नेम्वाङ एक्लै प्रतिस्पर्धामा हुँदा पहिले पराजित आङ्देम्बेले माओवादी केन्द्रको साथ पाएका छन् ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा दलहरूले वडा स्तरमा पाएको मत हेर्दा पाँचथरमा एमाले नै पहिलो हो । तर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत एक ठाउँमा राख्दा एमालेको भन्दा १२ हजार मत बढी हुन्छ ।

वडातहमा एमालेले ३० हजार ९५८, नेपाली काँग्रेसले २५ हजार ६५, नेकपा माओवादी केन्द्रले ११ हजार ८०८, एकीकृत समाजवादीले २ हजार १६१, जनता समाजवादी पार्टीले २ हजार ६४३ र राप्रपाले १, ९०९ मत पाएका छन् ।

जिल्लाका ८ स्थानीय तहमध्ये ६ पालिका जित्दै काँग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक–एक पालिका जितेका छन् । काँग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाको नेतृत्व जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका र एमालेले याङवरक गाउँपालिकाको नेतृत्व जितेको छ ।

नेम्वाङ २०४८ र २०५६ र २०७४ मा सांसद भइसकेका नेता हुन् । उनी केपी शर्मा ओलीका पालामा भौतिक पूर्वाधार मन्त्री हुँदा गरेको कामले जिल्लामा लोकप्रिय छन् । आङदेम्बेले भने यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस