३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन, यो आवश्यकता हो : देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन् । उनले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौँमा सोमबार आयोजित भेलालाई सम्बोधन गर्दै देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए । उनले त्यसका लागि नै गठबन्धन बनेको बताए । ‘यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन,’ उनले भने, ‘गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।’

मुलुकमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशी, समानुपातिक व्यवस्था रहेको संविधान हटाउन नसक्ने गरी गठबन्धन अगाडि बढ्ने देउवाको प्रतिबद्धता थियो ।

राजनीतिक दलहरूबिच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता रहेको उनले बताए । गठबन्धनको र एकताको संस्कृति नेपाली राजनीतिमा रहेको उनको भनाइ थियो । नेपालको व्यवस्थाले पनि गठबन्धन गर्नुपर्ने देखिएको उनले भनेका छन् ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरूभित्र नेताहरूमा समस्या रहेको देउवाको भनाइ थियो । उनले नेताहरूले गठबन्धन भएको अवस्थामा टिकट पाए चुनाव जितिन्छ ठान्दा विवाद भए पनि अब मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘गठबन्धन बनेको छ, चुनाव जितिहालिन्छ भन्ने भएर सबैलाई टिकट चाहिएको छ । ‘उनले चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिएको हुने भएकाले एकताबद्ध भएर अघि बढ्न र आफू गठबन्धन टिकाउन लागेको बताए । गठबन्धनका साथीहरूले एक भएर लागेर जिताउनुपर्छ । गठबन्धनले जित्नुपर्छ, ‘उनले भने ।

प्रतिक्रिया दिनुहोस