ट्रकले ठक्कर दिँदा सैनिक जवानको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

ट्रकले ठक्कर दिँदा सैनिक जवानको मृत्यु


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिका-४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान साढे ५ बजे ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सर्लाहीको बागमती नगरपालिका-१० का अन्दाजी २६ वर्षीय सुनिल महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् । पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, सोमबार राति चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलास्थित पृथ्वी राजमार्गमा धादिङबाट फिस्लिङतर्फ आउँदै गरेको ना ३३ प ३६५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार घाइते भएका मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका ३ बस्ने ३२ वर्षका प्रेमबहादुर गुरुङको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस