२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक : चिकित्सक

अ+ अ-

काठमाडौँ । हाम्रो घर आँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचलन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् ।

यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा.खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए । उनले भने, ‘यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो ।’

महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिँदै डा देवानले भने, ‘त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ ।’

सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिनुपर्नेमा उनको सुझाव थियो । यतिबेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान समेत आग्रह गरिएको छ ।

कलेजो रोग विशेषज्ञ डा।रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताए । कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बोहाइड्रेड भएका खानामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । डा. श्रेष्ठले भने-‘पर्वमा खानै हुँदैन भन्नुभन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ ।’

जण्डिस भएका बिरामीले सेलजस्ता तारेका रोटी खानु हानिकारक हुन्छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा।कालिदास अधिकारीले तिहारमा सेललगायत रोटी खाने संस्कार पनि भएकाले खानै हुँदैन भन्दा पनि कम खान सुझाव दिए । उनले भने– ‘घ्यू, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ ।’

‘चाड मनाउनुपर्छ, शरीर र रोगको अवस्था हेरेर खानपिन गर्नुपर्छ ।. डा.अधिकारीले भने– ‘पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ ।. पाचन प्रणाली कमजोर भएकाले पनि रोटी कम खान सुझाउँदै उनले भने– “पचाउन गाह्रो हुनेले खाली पेटमा रोटी त खानै हुँदैन ।.खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने तर युवालाई भने खासै असर गर्दैन ।

डा. अधिकारीले थपे-‘शरीर र स्वास्थ्यलाई ध्यान दिएर पर्व मनाऔँ ।’ चाडपर्वको समयमा आजै मात्र त हो भनेर एकै पटक धेरै चिल्लो खाना खाँदा समस्या बल्झिने खतरा हुन्छ । समयमै खानपानमा ध्यान दिन सकेमा समस्या नपर्ने भएकाले सन्तुलित भोजनमा ध्यान दिन उनीहरुको सुझाव थियो।