२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमको जहाज अफ्रिकामै अलपत्र, चालक दलका २० कर्मचारी सैनिक ब्यारेकमा

अ+ अ-

काठमाडौँ । शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायुसेवा निगमको नाइनएन–एकेडब्लू (सगरमाथा)न्यारोबडी जहाज युद्धग्रस्त पश्चिम अफ्रिकाको मालीमा अलपत्र परेको छ ।

काठमाडौँबाट गत बुधबार उडेको जहाज पन्चर भएको एउटा पाङ्ग्रा फेर्न नसकेर मालीको गाओ विमानस्थलमा अड्किएको हो । त्यहाँबाट तिहार मनाउने सपना साँचेर फर्किन लागेका ७५ सैनिक झोली तुम्बा कसेर उडान कुरिरहेका छन् । जहाजका चालक दलसहित २० कर्मचारी सैनिक ब्यारेकमा बसिरहेका छन् ।

निगमको लापरबाहीका कारण चालक दल र फर्किन लागेका सैनिक मालीमा रोकिएका हुन् । जहाज अड्किँदा निगमलाई दैनिक करोडौँ घाटा भइरहेको छ । एउटा जगेडा पाङ्ग्राबिनै जहाज माली उडाइएको थियो ।

मालीका लागि शनिबार काठमाडौँबाट कार्गो गरेर दुइटा पाङ्ग्रासहित ६ सय किलोग्राम स्पेयरपार्ट्स दिल्ली हुँदै पठाइएको छ । तर, ती सामग्री कहिले माली पुग्छन् भन्ने यकिन जवाफ सम्बन्धित अधिकारीसँग छैन । द्वन्द्वग्रस्त मालीको गाओ अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान अत्यधिक न्यून हुन्छ । त्यहाँबाट संयुक्त राष्ट्र सङ्घका चार्टरलगायत उद्धार र सहायतासम्बन्धी उडान धेरै हुन्छन् ।

निगमको विमान लिएर पाइलट नरबहादुर विश्वकर्मा, मुकेश गुप्ता, को पाइलट राकेश काफ्ले र मोनिसविक्रम शाह, ६ परिचारिका र ४ परिचारकसहित चालक दलका १४ जना, दुई इन्जिनियर, एक डिस्प्याचर र मार्केटिङ विभागका एक कर्मचारी माली पुगेका हुन् । उनीहरू २० जना नै मालीको राजधानी बामाकोदेखि ११ सय किलोमिटर पर शान्ति सेनाको आश्रय लिएर बसेका छन् । उनीहरू द्वन्द्वगस्त मुलुकमा त्रासका बिच बसेका छन् । उनीहरूलाई ‘साइरन बज्नासाथ बङ्करमा जान’ नेपाली सेनाले सजग गराएको छ ।

आइतबार साँझसम्म साइरन बजेको छैन । साइरन बज्नु भनेको दुस्मनसँग आमनेसामने हुनु हो । ‘ठुलो चौरमा बस्नलाई प्रिफ्याब र कन्टेनर राखिएका छन् । अहिलेसम्म समस्या नभएको जानकारी छ,’ निगमका एक उच्च अधिकारीले भने । सेनाको अनुमतिबिना क्याबिन क्रु बाहिर निस्कन पाउँदैनन् ।

‘युद्धग्रस्त क्षेत्र रहेछ । सहजै बाहिर निस्किन नमिल्ने रहेछ । त्यहाँको एयरपोर्टमा राजधानीदेखि दिनमा एउटा मात्रै सानो एटीआर जहाजको डेढ घण्टाको उडान रहेछ । इन्टरनेट र अरू सञ्चारमाध्यम पनि सजिलै उपलब्ध छैन । हाम्रो पनि राम्ररी सम्पर्क हुन सकेको छैन,’ एक पाइलटले भने ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निगमका कर्मचारी शान्ति मिसनका सैनिकसँगै बसिरहेको बताए । उनले भने, ‘द्वन्द्वग्रस्त क्षेत्र हो । हाम्रा मान्छे ब्यारेकमै छन् ।’

पाङ्ग्रा नपाएर मालीमा अड्किएको निगमको यो जहाज १० महिनाअघि इन्जिनमा समस्या आउँदा दोहामा ७० दिन ग्राउन्डेड भएको थियो । त्यस्तै, गत चैतमा सबै पाङ्ग्रा एकै पटक ‘ब्रस्ट’ हुँदा बैंककमा पनि एक साता अड्किएको थियो ।

निगमको इन्जिनियरिङ विभागका निर्देशक विक्रम केसी दुई इन्जिनियर उतै रहेकाले सामान पुगेपछि पाङ्ग्रा फेर्न मात्रै समय लाग्ने, त्यसपछि जहाज आइहाल्ने बताउँछन् । उनले जहाजमा पाङ्ग्रासहितका सरसामान भएको टुलकिट अनिवार्य राख्नैपर्ने नियम नभएको बताए । उनले भने, ‘एउटा जहाजमा हजारौँ पार्टस् लागेका हुन्छन्, कुन कति बेला बिग्रिन्छ भन्नै सकिँदैन । माली सहजै पहुँच हुने हाम्रो रुटमा नपरेकाले मर्मत गर्न ढिलाइ भएको हो ।’ नेपालबाहिर जहाज बिग्रिँदा एजेन्टले बनाउने ठेक्काको जिम्मेवारी हुने भएकाले मालीमा पनि नजिकैको एजेन्टमार्फत काम गराइरहेको उनले बताए ।

निगमकी प्रवक्ता तथा संस्थागत विभागकी निर्देशक अर्चना खड्काका अनुसार स्पेयरपार्टस् दिल्लीबाट इथोपियन एयरलाइन्समार्फत इथोपिया हुँदै मालीको राजधानी बमाकोसम्म पुर्‍याइने र त्यहाँबाट सडक मार्ग हुँदै गाओ लाने तयारी छ । उनले भनिन्, ‘काठमाडौँबाट पठाइएका टायर र उपकरण (सोमबार) मालीको राजधानी बामाको पुग्छन् । त्यहाँबाट ११ सय किलोमिटर दूरीमा रहेको गाओमा पुर्‍याइनेछ ।’

पाङ्ग्रा गाओ पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ मातहतको शान्ति सेनाको मद्दत लिइने उनले जानकारी दिइन् । तर गाओ जाने सडक मार्ग युद्धका कारण खतरा भएकाले सकभर हवाई मार्गबाट गाओ पुर्‍याउन प्रयास गरिने इन्जिनियर विभागका निर्देशक केसीले बताए । उनले भने, ‘युद्धग्रस्त क्षेत्र हो । सडकबाट सम्भव देखिँदैन । त्यसैले सकभर बामाकोबाट पनि एयर ट्रान्सपोर्ट नै गर्नुपर्ने हुन्छ ।’

सेनाको ईओडी गुल्म (शान्ति सेना) को आठौँ डफ्फा बदल्न बुधबार राति ११ बजे सेनानी पवन थापाको नेतृत्वको टोलीलाई लिएर न्यारोबडी दोहा गएको थियो । त्यहाँबाट अफ्रिकाको चाडमा इन्धन भरेर बिहीबार दिउँसो मालीको गाओ पुगेको थियो । सेनाका अनुसार त्यहाँबाट सेनानी सङ्गीत पुनको नेतृत्वमा रहेका ७५ जनालाई राखेर मालीको राजधानी बमाको, चाड, दोहा हुँदै काठमाडौँ फर्कने योजना छ ।

‘७ वटा ल्यान्डिङ भएको एकतर्फी झन्डै १६ घण्टाको चार्टर उडानमा इन्जिनियर विभागले फ्लाई–वे–किट (पाङ्ग्रासहित अत्यावश्यक स्पेयरपार्टस्) राख्नुपर्नेमा यो गम्भीर त्रुटि हो,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘यसमा पर्यटन मन्त्रालयले छानबिन गरी कमजोरी भएका विभागीय प्रमुख र कार्यकारी अध्यक्षलाई कारबाही गर्नुपर्छ ।’

निगमसँग १ सय ५८ सिट भएका दुइटा न्यरोबडी र २ सय ७४ सिट क्षमताका दुइटा वाइड बडी विमान छन् । न्यारोबडी चार्टर उडानमा लगाउँदा प्रतिघण्टा कम्तीमा ८ हजार डलर ९१० लाख रुपैयाँ हाराहारी दरमा भाडा लिइन्छ ।

सगरमाथा नामको यो विमान मालीमै अड्किएपछि निगमले दैनिक करोडौँ रुपैयाँको कारोबार गुमाउनुपरेको छ । यसैका कारण हाल भइरहेका अन्तर्राष्ट्रिय उडान ५ घण्टासम्म डिले गराउन निगम बाध्य भएको छ । यसले हाल भारतका दिल्लीसहित १० वटा गन्तव्यमा काठमाडौँबाट उडान गर्दै आएको छ ।

पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘दोहा जस्तो सुविधा सम्पन्न विमानस्थलमा त ७० दिन रोकियो भने अहिले जहाज अफ्रिकाको युद्धग्रस्त दुर्गम ठाउँमा पुगेको छ । व्यवस्थापनको ध्यान व्यक्तिगत लाभ र शक्तिकेन्द्र खुसी पार्नेमा छ । नेताहरूलाई चुनावको चिन्ता । अर्बौँ ऋणमा डुबेको संस्थामाथि खेलाँची भयो ।’

प्रतिक्रिया दिनुहोस