सन्दीपको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन्दीपको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । 

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख (सहन्यायाधिवक्ता) अच्युतमणि न्यौपानेले बताए ।

प्रहरीले सन्दीप विरुद्ध जबरजस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दाबी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार बिदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न्यायाधिवक्ता न्यौपानेले जानकारी दिए ।

आइतबार काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सन्दीप असोज २० बाट गौशाला प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस