नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ।
आज साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०स्३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ।
प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका थिए।
