राष्ट्रपति र ओली मिलेर संविधानमाथि आक्रमण गरे, हामीले बचायौँ : रामचन्द्र पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति र ओली मिलेर संविधानमाथि आक्रमण गरे, हामीले बचायौँ : रामचन्द्र पौडेल


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली मिलेर संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन् ।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको छ । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवारलाई जिताउनुहोला ।’

यो काँग्रेस, माओवादी, समाजवादी नभनी गठबन्धनका उम्मेदवार जिताउन पौडेलले आग्रह गरे । राजनीतिक क्रान्तिसँगै नयाँ आर्थिक क्रान्ति गर्नु सबै नेपालीको कर्तव्य भएको औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस