सातै प्रदेशमा चुनाव केन्द्रित सुरक्षा बैठक सुरु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सातै प्रदेशमा चुनाव केन्द्रित सुरक्षा बैठक सुरु


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले सातै प्रदेशमा चुनाव केन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्दै छ।

मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए।

आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुँदै छ। बिहान १० बजेपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल चोकमा सुरु हुने बैठकको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता पोखरेलले जानकारी दिए।

बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहने छ। प्रवक्ता पोखरेलले प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठक बसेर निर्वाचनमा सातै प्रदेशको सुरक्षा अवस्था मजबुत पार्ने बताए। प्रदेशस्तरीय सुरक्षा बैठकमा आएका सुरक्षासम्बन्धी सुझावका आधारमा गृह मन्त्रालयले निर्वाचनमा आवश्यक पर्ने थप रणनीति तय गर्ने जनाइएको छ।

प्रवक्ता पोखरेलका अनुसार आज बाग्मती प्रदेशमा प्रदेशस्तरीय बैठक सम्पन्न भए पनि बाँकी प्रदेशमा तिहारपछि मात्रै छलफल हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस