गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा : नेपाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा : नेपाल


५ कार्तिक २०७९, शनिबार


जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको भन्दै एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली मुलुकको लागि अझै खतरनाक व्यक्ति भएकाले उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर नहुने बताए ।

नेपालले भने– केपी ओलीका भ्रममा नपर्नुस्, अलमलिनु आवश्यक छैन । नेकपा एमाले भनेको मधेसको विरोधी कोही पार्टी छ भने त्यो एमाले मात्रै हो । केपी ओली एक नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस