टी-२० विश्वकपको शीर्ष १२ भिडन्त आजबाट, साबिक फाइनलिस्ट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

टी-२० विश्वकपको शीर्ष १२ भिडन्त आजबाट, साबिक फाइनलिस्ट


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ । टी-२० विश्वकपको शीर्ष १२ को भिडन्त आजबाट सुरु हुँदै छ। सुपरा १२ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र साविक उपविजेता न्युजिल्यान्डबीच दिउँसो १२स्४५ मा प्रतिस्पर्धा हुन लागेको हो। सिड्नीमा हुने खेलमा वर्षाको खतरा रहेको छ।

मौसम विभागले शनिबार भारी वर्षाको आशंका जनाएकाले खेल हुने अन्योलता भने कायमै छ। यद्यपि यी दुई टिम मैदानमा उत्रिँदा गत विश्वकपको फाइनलको याद ताजा हुने छ।

न्युजिल्यान्डलाई विश्वकपको फाइनलमा भोगेको पराजयको बदला लिने मौका छ। जबकि अस्ट्रेलिया आफ्नो विजेता छवि कायम राख्न चाहन्छ। दुबईमा भएको साविक फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो।

टी–२० विश्वकपअघि अस्ट्रेलिया र न्युजिल्यान्डले एक अर्काविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेलेका थिए। जहाँ अस्ट्रेलियाले ३–० को जित निकालेको थियो।

त्यसपछि विश्वकपका लागि भएको वार्मअप खेलमा भने अस्ट्रेलिया भारतसँग ६ रनले हार्दा न्युजिल्यान्डले भने दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।

पछिल्ला पाँच खेमला अस्ट्रेलियाले ३ खेलमा हार भोग्दा दुई खेलमा जित निकालेको छ। न्युजिल्यान्डले भने ३ खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ। दुवै टिम राम्रो लयमा रहेकाले खेल प्रतिस्पर्धात्मक हुने आंकलन गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस