२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असहाय बालबालिकालाई काठमाडौँ महानगरले मासिक भत्ता दिने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका असहाय बालबालिकालाई महानगरपालिकाले मासिक वृत्ति प्रदान गर्ने भएको छ । सो प्रयोजनका लागि महानगरले प्रस्ताव आह्वान गरेको छ ।

महानगरपालिकाको सामाजिक विकास विभागले शुक्रबार एक सूचना निकाल्दै यस्तो प्रस्ताव माग गरेको हो । काठमाडौँ महानगरपालिका भित्र स्थायी ठेगाना भएको आमा-बुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुनिश्चित गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बुबा र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बन्चित भई अरुको संरक्षणमा बसेका बालबालिकाले यस्तो वृत्ति पाउने छन् ।

महानगरपालिका अनुसार बुबा-आमाविहीन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसेको वडा कार्यालयमा तोकिएका कागजात लिएर आवेदन दिन सक्नेछन् ।

शुक्रबारदेखि ३० दिन भित्र यस्तो आवेदन दिन सकिने भएको छ । आवेदन दिँदा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता भए त्यसको प्रतिलिपि)आमा-बुबा दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरपालिकाले जनाएको छ ।

विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस