मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो

लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन् । सडक बत्तीसम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस