आयोगले रोक्यो सरकारको कर्मचारी सरुवा, बढुवा र नियुक्ति  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयोगले रोक्यो सरकारको कर्मचारी सरुवा, बढुवा र नियुक्ति 


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढी निवेदन रोकिदिएको छ । 

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिता विपरीत हुने खालका काममा अनुमति पाउँ भनी दिएको निवेदनहरू रोकिदिएको प्रस्टाएका हुन् । 

उनले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ति, नयाँ भवन शिलान्यास, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिता विपरीत भएकाले त्यस्ता खालको काममा अनुमति नदिइएको बताए । तर आयोगले अत्यावश्यक सेवाका लागि परेको करिब १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ । 

निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाइलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्वीकृत गर्दै अघि बढाउन अनुमति दिइएको बताए ।  

निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा असर पर्ने कुनै पनि कामलाई अघि बढाउन अनुमति दिन नसकिनेतर्फ सरकारलाई सचेत गराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस