बैङ्कलाई गाली गरेर तरलता अभाव हट्दैन : अर्थमन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैङ्कलाई गाली गरेर तरलता अभाव हट्दैन : अर्थमन्त्री शर्मा


३ कार्तिक २०७९, बिहिबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैङ्कलाई गाली गरेर तरलता समस्या समाधान नहुने बताएका छन् । 

अर्थमन्त्री शर्माले बिहीबार तरलता समस्या समाधान गर्नको लागि गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए । 

अर्थमन्त्रीले बोलाएको बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा तथा उपाध्यक्ष अञ्जन श्रेष्ठ सहभागी थिए । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा अनलराज भट्टराई तथा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल सहभागी थिए । 

बैठकमा व्यवसायीहरूले बैङ्कहरूले प्रिमियम बढाएको र व्यवसायीलाई समस्यामा पारेको भन्दै हस्तक्षेप गर्नुपर्ने बताएका थिए । 

अर्थमन्त्रीका प्रेस सल्लाहकार मनऋषि धितालले तरलता समस्या समाधानको लागि बैङ्कले व्यवसायीलाई र व्यवसायीले बैङ्कलाई गाली गरेर नहुने अर्थमन्त्री शर्माले बताएको जानकारी दिए । 

शर्माले व्यवसायी र बैङ्क फरक नभएको र दुवैले एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस