माधव नेपाललाई कारबाही गर्ने आयोगको निर्देशनपछि नेकपा एसले दियो यस्तो प्रतिक्रिया « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपाललाई कारबाही गर्ने आयोगको निर्देशनपछि नेकपा एसले दियो यस्तो प्रतिक्रिया


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनप्रति पार्टीले आपत्ति जनाएको छ ।

एकीकृत समाजवादी (एस)का उपमहासचिव डा.विजय पौडेलले अध्यक्ष नेपालले स्पष्टीकरण नबुझाउँदै प्रहरीलाई कारबाही गर्न आयोगले दिएको निर्देशन लोकतन्त्र विपरीत भएको टिप्पणी गरेका छन् ।

“स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश ? यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,” उनले ट्विटरमा भनेका छन् ।

आयोगले अध्यक्ष नेपालले सार्वजनिक अभिव्यक्ति मार्फत फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै बिहीबार स्पष्टीकरण सोधेको छ भने कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचार : नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

Tags :
प्रतिक्रिया दिनुहोस