लोकतन्त्रको रक्षाका लागि गठबन्धनले जित्नुपर्छ : पूर्णबहादुर खड्का « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

लोकतन्त्रको रक्षाका लागि गठबन्धनले जित्नुपर्छ : पूर्णबहादुर खड्का


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएकाले गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् ।

सुर्खेत क्षेत्र नं.१ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उपसभापति खड्काले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निश्चित हुने बताए ।

साथै उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरुलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातासामु आग्रह गरे ।

उपसभापति खड्काले मंसिर ४ को निर्वाचन केवल हार र जीतसँग मात्रै नजोडिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस