२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले होली वाइनको प्रचारक भनेकोमा भीम रावलले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई होली वाइनका प्रचारक भनेकोमा आपत्ति जनाएका छन्।

हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइकन भीम रावल भएको बताएका थिए।

‌ओलीले आफूलाई नै होली वाइनका प्रचारक भनेपछि बिहीबार सामाजिक सञ्जालमा रावलले यस्तो भन्न सक्नेले अरू के मात्र गर्न बाँकी राख्छन् होला र भन्नै प्रश्न गरेका छन्।

उनले लेखेका छन्-दुर्नाम संस्थाका होली वाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधि सभा सदस्य बनाउने गलत निर्णय उदाङ्ग भएपछि एमाले अध्यक्ष केपीले होली वाइनको प्रचारक भीम रावल भन्नुभएछ। यस्तो भन्नसक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला र ? राजनीति विकृत त्यसै भएको हो र ?

जापानको युनिफिकेसन चर्चसँग जोडिएका एकनाथ ढकाल प्रतिनिधि सभा सदस्यका लागि एमालेको समानुपातिक सूचीमा छन्। उनलाई सूचीमा राखेकोमा रावलले यसअघि पनि आपत्ति जनाएका थिए।

ढकालले युनिफिकेसन चर्चका नाममा नेपालमा विभिन्न कार्यक्रम गर्दै आएका छन्। २०७५ मंसिरमा एकनाथ जोडिएको युनिफिकेसन चर्चले काठमाडौँमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले होली वाइन पिएको भन्दै आलोचना भएको थियो।

यसअघि नेपाल परिवार दल खोलेका उनी सोही पार्टीबाट दुई पटक सांसद भएका थिए। २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी पहिलो पटक सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए।

२०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनी फेरि शान्ति मन्त्री बनेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्धका कारण आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि पनि उनी एमालेको समानुपातिक सूचीमा परेका हुन्। २०७४ मा पनि उनी एमालेको समानुपातिक सूचीमा थिए।

प्रतिक्रिया दिनुहोस