सिराहामा बस पल्टिँदा ३० जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिराहामा बस पल्टिँदा ३० जना घाइते


३ कार्तिक २०७९, बिहिबार


सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोल बजार नगरपालिका-८, चोहर्वामा बिहीबार बिहान बस पल्टिँदा ३० यात्री घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १-०५००१ ख ००२९ नम्बरको ट्रकले ना७ख ४९८१ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि बस पल्टिँदा त्यसमा सवार ३० जना घाइते भएका हुन् ।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ ।

योगदान राष्ट्रका लागि नामक संस्थाको हेटौँडामा भएको साधारण सभा सकेर फर्कने क्रममा दुर्घटना भएको संस्थाका मोरङ अध्यक्ष सञ्जय ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस