२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी टोलीले आजदेखि नेपालको हवाइ सुरक्षाबारे अध्ययन गर्ने

अ+ अ-

काठमाडौँ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाइ सुरक्षा अवस्थाबारे बिहीबारदेखि अध्ययन थाल्दै छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको टोलीले आईकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी दिए।

उता युुरोपेली संघ (ईयू)ले नेपालमा हवाइ दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्न आवश्यक रहेको देखाएको छ।

सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपालबारे दुईदिने अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको टेक्निकल कोअपरेसन टिमले पहाडी तथा हिमाली विमानस्थलमा प्राविधिक उपकरण राख्न जोड दिएको हो।

ईयूको टोलीले हवाइ सुरक्षामा नेपालले थप सुधार गर्न पहाडका विमानस्थललाई प्रविधिमैत्री बनाउँदै हवाइ सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा जोड दिन आवश्यक रहेको देखाएको प्राधिकरणले जनाएको छ।

‘दशैँमा नेपाल आएको ईयूको टोली असोज २० र २१ गते अध्ययनका क्रममा नेपालको हवाइ सुरक्षा सुधारप्रति सन्तुष्ट देखिएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले भने, ‘गत वर्ष आईकाओले गरेको अडिटमा नेपालको प्रभावकारी कार्यान्वयन दर ७०.१ प्रतिशत रहेको पूर्ण रिपोर्ट आएको छ। विश्व बैंकले गरेको अध्ययनको रिपोर्टसमेत राम्रो छ।’

विश्वभरिका उड्डयन प्राधिकरणको छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले गत अप्रिलमा गरेको अडिटको पूर्ण रिपोर्ट सार्वजनिक कार्यक्रममा उनले नेपालले हवाइ सुरक्षामा गरेको प्रगतिबाट सन्तुष्ट देखिएकाले ईयूले आफ्नो निर्णयलाई पुनर्विचार गर्ने विश्वास व्यक्त गरे।

ईयूको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्दिनेस, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउण्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेको उनले जानकारी दिए। आईकाओले दिएको रिपोर्टमा नेपालको हवाइ सुरक्षा परिपालन दर एसिया प्रान्तमै अगाडि रहेकोसमेत उनले बताए।

विभिन्न ४१ मुलुकसँग द्विपक्षीय हवाइ सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना र सन् २०११ र १२ मा एक–एक विमान दुर्घटना भएपछि नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस