विभागद्वारा प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण   « प्रशासन
Logo ९ आश्विन २०८०, मंगलबार
   

विभागद्वारा प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण  


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । यातायात व्यवस्था विभागले स्मार्ट कार्ड रिडर लगायतका ट्राफिक व्यवस्थापन सामग्री प्रहरीलाई हस्तान्तरण गरेको छ ।  

एसियाली विकाश बैङ्कको अनुदान सहयोग र नेपाल सरकाद्वारा सञ्चालित सञ्चार तथा सूचना प्रविधि आयोजना अन्तर्गत प्राप्त सामग्री स्मार्ट कार्ड तथा स्मार्ट कार्ड बहाकहरुको आधिकारिकता पहिचानका लागी सामग्री हस्तान्तरण गरिएको हो । 

विभागका महानिर्देशन डा. टोकराज पाण्डेले विभिन्न ट्राफिक कार्यालयहरूबाट स्मार्ट कार्ड चेकजाँच गर्नका लागी स्मार्ट कार्ड रिडर १९८ थान, श्याम कार्ड १९८ थान तथा एक थान एप्लीकेशन सफ्टवेयर सिडीलगायतका सामग्री प्रहरी प्रधान कार्यालयका अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरित सामग्रीले प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहज हुने विभागको विश्वास छ । 

Tags :
प्रतिक्रिया दिनुहोस