२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको प्रतिवद्धतापत्र : प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति र मुख्यमन्त्री चुनिने

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिबद्धतासहित चुनावमा जाने भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता पत्रमा जसपाले भनेको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप सङ्घमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने तथा प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँका कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’

संघीय संसद र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने पनि पार्टीको प्रतिबद्धता छ । जसपाले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्य समय कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनौट गरी मन्त्रिपरिषद् बनाउने र ती मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट नियुक्त हुने जसपाले जनाएको छ ।

जसपाले खस समुदायका लागि पनि आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेश गठन गरी खस र आर्यको अलग राष्ट्रिय पहिचान स्थापित गरिनुपर्ने प्रतिबद्धता पत्रमा जनाएको छ । खसान प्रदेशका जनतालाई समान अवसरका साथै खस समुदायलाई राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने जसपाले प्रतिबद्धता जनाएको छ ।

थारु समुदायलाई छुट्टै समुदायको रूपमा उनीहरूको राष्ट्रिय पहिचान र अधिकार प्रत्याभूति गराउने उल्लेख गर्दै जसपाले संयुक्त राष्ट्र सङ्घको घोषणाअनुसार आत्मनिर्णयको अधिकार हुने प्रतिबद्धता पत्रमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस