नेकपा एसलाई डडेल्धुराका नेताहरूको जवाफ-कांग्रेस बिपीसँग तालमेल तोड्दैनौँ, कारबाही गरे स्वीकार छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेकपा एसलाई डडेल्धुराका नेताहरूको जवाफ-कांग्रेस बिपीसँग तालमेल तोड्दैनौँ, कारबाही गरे स्वीकार छ


२ कार्तिक २०७९, बुधबार


डडेल्धुरा । नेकपा एकीकृत समाजवादी, डडेल्धुराका नेताहरुले नेपाली काँग्रेस बिपीसँग गरिएको चुनावी तालमेल कायम रहने बताएका छन् ।

प्रतिनिधि सभामा बीपी काँग्रेसलाई सघाउने र प्रदेश सभा (ख) मा डा.तारा जोशीलाई सघाउने सहमति भएको थियो । तर एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मंगलबार विज्ञप्ति जारी गर्दै डा. तारा जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन र जिल्ला अध्यक्ष कवीन्द्र विष्टलाई पार्टीको निर्णय विपरीत काम नगर्न निर्देशन दिएका थिए ।

यो निर्देशनले आफूलाई कुनै फरक नपर्ने डा. जोशी बताउँछन् ।

जिल्ला अध्यक्ष विष्ट पनि आफूहरूले एउटा धारणा बनाएर यो कदम उठाएकाले महासचिवको विज्ञप्तिले कुनै असर नगर्ने बताउँछन् ।

आफूहरूले यो कुरा पार्टीलाई स्पष्ट रूपमा भनिसकेको उनले बताए । ‘हामीले पार्टीलाई तपाईँहरू जेजे गर्नुहुन्छ, गर्नुहोस् भनिसकेका छौँ, कारबाही गरे पनि स्वीकार छ, राजीनामा देऊ भनेपनि हामी राजीनामा दिन तयार छौँ,’ उनले भने, पार्टीलाई जे सजिलो हुन्छ, त्यही गरे भयो ।’

सत्ता गठबन्धनको सिटको बाँडफाँटमा एकीकृत समाजवादीले डडेल्धुरा प्रदेश (ख) मा दाबी गरेको थियो । तर प्रतिनिधि सभा र प्रदेश सभा (ख) काँग्रेसले लियो । प्रदेश सभा (क) मा माओवादी केन्द्रका खगराज भट्ट गठबन्धनका साझा उम्मेदवार छन् ।

सम्बन्धित समाचार : डडेल्धुराका विद्रोहीलाई एकीकृत समाजवादीको अल्टिमेटम

Tags :
प्रतिक्रिया दिनुहोस