२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसलाई डडेल्धुराका नेताहरूको जवाफ-कांग्रेस बिपीसँग तालमेल तोड्दैनौँ, कारबाही गरे स्वीकार छ

अ+ अ-

डडेल्धुरा । नेकपा एकीकृत समाजवादी, डडेल्धुराका नेताहरुले नेपाली काँग्रेस बिपीसँग गरिएको चुनावी तालमेल कायम रहने बताएका छन् ।

प्रतिनिधि सभामा बीपी काँग्रेसलाई सघाउने र प्रदेश सभा (ख) मा डा.तारा जोशीलाई सघाउने सहमति भएको थियो । तर एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मंगलबार विज्ञप्ति जारी गर्दै डा. तारा जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन र जिल्ला अध्यक्ष कवीन्द्र विष्टलाई पार्टीको निर्णय विपरीत काम नगर्न निर्देशन दिएका थिए ।

यो निर्देशनले आफूलाई कुनै फरक नपर्ने डा. जोशी बताउँछन् ।

जिल्ला अध्यक्ष विष्ट पनि आफूहरूले एउटा धारणा बनाएर यो कदम उठाएकाले महासचिवको विज्ञप्तिले कुनै असर नगर्ने बताउँछन् ।

आफूहरूले यो कुरा पार्टीलाई स्पष्ट रूपमा भनिसकेको उनले बताए । ‘हामीले पार्टीलाई तपाईँहरू जेजे गर्नुहुन्छ, गर्नुहोस् भनिसकेका छौँ, कारबाही गरे पनि स्वीकार छ, राजीनामा देऊ भनेपनि हामी राजीनामा दिन तयार छौँ,’ उनले भने, पार्टीलाई जे सजिलो हुन्छ, त्यही गरे भयो ।’

सत्ता गठबन्धनको सिटको बाँडफाँटमा एकीकृत समाजवादीले डडेल्धुरा प्रदेश (ख) मा दाबी गरेको थियो । तर प्रतिनिधि सभा र प्रदेश सभा (ख) काँग्रेसले लियो । प्रदेश सभा (क) मा माओवादी केन्द्रका खगराज भट्ट गठबन्धनका साझा उम्मेदवार छन् ।

सम्बन्धित समाचार : डडेल्धुराका विद्रोहीलाई एकीकृत समाजवादीको अल्टिमेटम