डडेल्धुराका विद्रोहीलाई एकीकृत समाजवादीको अल्टिमेटम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डडेल्धुराका विद्रोहीलाई एकीकृत समाजवादीको अल्टिमेटम


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा डडेल्धुरामा बागी उम्मेदवारी दिनेलाई नेकपा एकीकृत समाजवादी पार्टीले निष्कासित गर्ने चेतावनी दिएको छ ।

महासचिव डा.बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ (२) मा पार्टी निर्णयविपरीत स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएका पार्टी केन्द्रीय कमिटी सदस्य डा.ताराप्रसाद जोशीलाई आगामी २४ घण्टा भित्र पार्टी निर्णय र गठबन्धनको मर्म बमोजिम आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवारहरूलाई समर्थन गरी सहयोग पुर्‍याउन निर्देशन दिएका हुन् ।

साथै डडेल्धुरा जिल्ला कमिटीका अध्यक्ष कवीन्द्र विष्टलाई पनि पार्टी निर्णय विपरीतका क्रियाकलापमा संलग्न नहुन निर्देशन दिएको छ । गरिन्छ । विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त बमोजिमका निर्देशनहरूको पालना नगरिएमा स्वतः पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने ब्यहोरा जानकारी गराइन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस