टेवल टेनिसको पुरुष एकलमा स्यान्टूले जिते स्वर्ण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

टेवल टेनिसको पुरुष एकलमा स्यान्टूले जिते स्वर्ण


२ कार्तिक २०७९, बुधबार


पोखरा । नेपाल पुलिस क्लबका स्यान्टू श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेवल टेनिसको पुरुष एकलमा स्वर्ण जितेका छन् ।

पोखरामा आज (बुधबार) बिहान भएको फाइनलमा स्यान्टूले एपीएफका रुवेन महर्जनमाथि ४-१ को सेटमा सहज जित निकाले । उनले ११-८, ११-७, ११-९, ६-११ र ११-६ को सेटमा फाइनल जितेका हुन् ।

नेपाल पुलिसका लागि खेलेका स्यान्टूले नवौं राष्ट्रिय खेलकुदमा जितेको यो तेश्रो स्वर्ण जिते । उनले पुरुष टिम र पुरुष डवल्समा पनि स्वर्ण जितेका थिए ।

राष्ट्रिय खेलकुदको पुरुष एकलमा स्यान्टूले स्वर्णको ह्याट्रिकसमेत गरेका छन् । उनले सातौं राष्ट्रिय खेलकुदमा १५ वर्षकै उमेरमा स्वर्ण जितेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस