सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीले तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ।

थप अनुसन्धानको लागि भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ।

सन्दीपविरुद्ध दोस्रो पटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मङ्गलवार सकिएको थियो।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस