ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु


२ कार्तिक २०७९, बुधबार


ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुमा गए राति ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय याम्फेवा खोला नजिक मध्यरातमा भएको दुर्घटनामा तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टर सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालक मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षका पासाङ शेर्पा, उनको भाइ २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षकी शर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षकी लाकी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चालक पासाङ सो ट्याक्टरका मालिकसमेत हुन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस