काँग्रेसले पार्टी कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेसले पार्टी कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली काँग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।

मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार-प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस