चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला पक्ष कार्यकर्ता पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला पक्ष कार्यकर्ता पक्राउ


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । 

आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव बहिस्कारको नारासहित वाल पेन्टिङ गर्नेक्रममा भक्तपुर र मकवानपुरबाट गरी तीन जना पक्राउ परेको नेकपा बहुमतका एक नेताले बताए । 

प्रहरीले भक्तपुर थिमीमा वाल पेन्टिङगरी रहेको अवस्थामा रोजन ढकाल पक्राउ परेका हुन् । ढकाल भक्तपुर जिल्लामा नेकपा बहुमतका इन्चार्ज हुन । 

यस्तै मकवानपुरको हेटौँडामा वाल पेन्टिङगरी रहेको अवस्थामा हिमबहादुर खड्का र विक्रम मगर पक्राउ परेका छन् । खड्का मकवानपुर जिल्ला इन्चार्ज र  मगर जिल्ला संयोजक हुन । नेकपा बहुमतले चुनावमा सहभागी नहुने भन्दै बहिस्कार गर्ने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ता चुनाव विरोधी गतिविधि गरेका हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस