हँसिया हतौडा, कलम र रूख एकै हो, विश्वास गरेर मत हाल्नुस् : देउवा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हँसिया हतौडा, कलम र रूख एकै हो, विश्वास गरेर मत हाल्नुस् : देउवा


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अविश्वास नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।

ललितपुरमा मङ्गलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना कार्यकर्तालाई गठबन्धनमा रहेका दललाई विश्वास गर्न भनेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेसको मत ट्रान्सफर नहुने चिन्ता व्यक्त गरेपछि देउवाको कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।

संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरूले रूखमा र रुखका साथीहरूले हँसिया हतौडा र कलममा मत हाल्नुस्, देउवाले भने, ‘काँग्रेसका साथीहरूले अविश्वास गर्ने कामनै छैन। आजको दिनमा हँसिया हतौडा, कलम र रूख एकै हो।’

देउवाले संविधान र लोकतन्त्रलाई सुदृढ बनाउन सत्ता गठबन्धन बनेको स्पष्ट पारे। आफूले पनि हँसिया हतौडामा मत हाल्ने भन्दै उनले कार्यकर्तालाई निसंकोच गठबन्धनका दललाई सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस