तिहारमा ३ लाख फूलमाला भारतबाट आयात हुने « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

तिहारमा ३ लाख फूलमाला भारतबाट आयात हुने


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ। यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरूले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरू खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने उनले बताए । गत वर्ष भारतबाट आयात भएको माला खपत नभएर फाल्नु समेत परेको थियो ।

यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत फूलको बढेको पनि एसोसिएसनले जनाएको छ । भारतीय फूलको आयात रोक्न गरेको आग्रह समेत सरकारले नसुनेको एसोसिएसनको भनाइ छ ।

आव ०७८/०७९ मा नेपालले ३६ करोड ५ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात गरेको थियो । नेपालमा पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ४३ हजार ५००भन्दा बढी जनशक्तिहरू रोजगार र आश्रित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस