निर्वाचनका लागि तरुणदलले खटायो केन्द्रीय प्रतिनिधि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्वाचनका लागि तरुणदलले खटायो केन्द्रीय प्रतिनिधि


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

तरुण दलले काँग्रेसलगायत गठबन्धन दलका उमेदवारलाई विजयी गराउन सबै संघीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस