रुसी विमान आवासीय भवनमा खस्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुसी विमान आवासीय भवनमा खस्यो


१ कार्तिक २०७९, मंगलबार


रसिया । एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ । क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए ।

समाचार एजेन्सीहरूले आपत्कालीन अधिकारीहरूलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएका छन् । उनीहरुले पाइलटहरु बाहिर निस्किएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस