अरिङ्गालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अरिङ्गालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु


१ कार्तिक २०७९, मंगलबार


सल्यान । अरिङ्गालले टोक्दासिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कुमाख-१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिङ्गालले तीन जनालाई टोकेको थियो। श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो।

शोभालाई भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

अर्का घाइते मृतक शोभाका काका नाता पर्ने २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस