२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको बयान-सँगै बसेको हो, बलात्कार गरेको होइन !

अ+ अ-

काठमाडौँ । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् ।

तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले स्वीकारेका छन् ।

प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यु रिसोर्ट र पिंगलास्थानस्थित होटेल काठमाडौँ इनको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैँ भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् ।

उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटेलमा बसौँ भनेको उल्लेख गरेका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले सङ्कलन गरेको सीसी टिभी फुटेजमा पनि लामिछाने र ती किशोरी राति ११ः५५ तिर कोठामा गएको देखिएको एक अधिकृतले बताए । पीडितले २१ भदौमा दिएको जाहेरी अनुसार त्यही राति लामिछानेले उनलाई पटक-पटक जबरजस्ती करणी गरेका थिए ।

पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको प्रमाण फेला परेपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत, काठमाडौँले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले उनलाई निलम्बन गरेको थियो । लामिछाने त्यसबेलासम्म क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैकामा थिए ।

पक्राउ पुर्जी जारी भएपछि उनले नेपाल आएर आरोपको कानूनीरुपमा सामना गर्ने बताएका थिए । तर एक महिनासम्म उनी सम्पर्कविहीन रहे ।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) ले लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी गरेपछि लामिछाने दबाबमा परेका थिए ।

अमेरिकाको फ्लोरिडामा उनलाई एफबीआई (फेडरल ब्युरो अफ इन्भेष्टिगेस) ले लोकेट गरेपछि लामिछानेले आत्मसमर्पण गर्ने भन्दै स्ट्याटस लेखेका थिए ।

विकल्पहरू सकिएपछि लामिछाने २० असोजमा काठमाडौँ आएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै उनलाई पक्राउ गरेको थियो । हाल सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस