बागी उम्मेदवारलाई फकाउँदै काँग्रेस, कार्तिक ४ सम्म फिर्ता गरे कारबाही नहुने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागी उम्मेदवारलाई फकाउँदै काँग्रेस, कार्तिक ४ सम्म फिर्ता गरे कारबाही नहुने 


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना बागी उमेदवारहरुलाई कात्तिक ४ गतेसम्मको समय दिएर उम्मेदवारी फिर्ताको सार्वजनिक घोषणा गरे कारबाही फुकुवा गर्ने जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै काँग्रेसले यस्तो जनाएको हो ।

“यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय (२०७९ असोज २६ गते बिहान १० बजेदेखि दिउसो १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली काँग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विषयमा पुनः ध्यानाकर्षण गराउँदै,” विज्ञप्तिमा भनिएको छ, “तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिविद्धतासहित २०७९ कार्तिक ४ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।”

काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस