भोलि देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाउने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भोलि देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाउने


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको प्रशासनलाई बताए । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भने ।

‘मन्त्रालयले सार्वजनिक बिदाबारे एक सूचनासमेत प्रकाशित गरेको छ । संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, प्रवक्ता पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका थिए ।

सम्बन्धित समाचार : भोलि सार्वजनिक बिदाको निर्णय भएको छैन, पर्सि दिन सक्ने

Tags :
प्रतिक्रिया दिनुहोस