भोलि सार्वजनिक बिदाको निर्णय भएको छैन, पर्सि दिन सक्ने  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भोलि सार्वजनिक बिदाको निर्णय भएको छैन, पर्सि दिन सक्ने 


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । भोलि हुने भनिएको सार्वजनिक बिदाबारे निर्णय नभएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । 

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले दिने भनेको सार्वजनिक बिदाबारे कुनै निर्णय नभई सकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले प्रशासनलाई बताए । 

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताएका थिए । 

सम्बन्धित समाचार : सत्यमोहनको निधनमा १ दिन सार्वजनिक बिदा दिने

उक्त भनाई सँगै कर्मचारी वृत्तमा भोलि सार्वजनिक बिदाबारे अन्यौलता छाएको थियो । 

मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले सम्भवतः मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गर्न सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस