सर्लाहीमा बस दुर्घटना हुँदा २३ जना घाइते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सर्लाहीमा बस दुर्घटना हुँदा २३ जना घाइते


३१ आश्विन २०७९, सोमबार


जनकपुरधाम । सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

सोमबार बिहान करिब ३ बजेको समयमा काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व–पश्चिम लोक मार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३ वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ।

बसका सह–चालक झापाको मेचीनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नं। ९ का बस चालक दीपक बोहराका ३ वर्षीया छोरी प्रिन्स बोहराको अवस्था गम्भीर रहेको छ।

१० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको उपचार सर्लाहीको अस्पतालमा भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस