हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई आयोगले सोध्यो स्पष्टीकरण


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

काठमाडौँ ५ का मधुसूदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरूले आफूहरूलाई स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरेका छन् ।

जसले भ्रम सिर्जना गरेको भन्दै आयोगले १ लाख रुपैयाँसम्म जरिवाना किन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस