क्रिकेट प्रशिक्षक जगत टमाटाले पाए अवकाश « प्रशासन
Logo १३ आश्विन २०८०, शनिबार
   

क्रिकेट प्रशिक्षक जगत टमाटाले पाए अवकाश


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्‌अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण अवकाश पाएका छन्। उनले आज अवकाश पाएका हुन्।

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा क्रिकेट मैदानमा जारी महिला क्रिकेट प्रतिस्पर्धाका दौरान उनलाई राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र नेपाल क्रिकेट सङ्घका पदाधिकारीले बिदाइ गरे।

५८ वर्ष पुगेसँगै उनले राष्ट्रिय खेलकुद परिषद्को कर्मचारीबाट पनि अवकाश पाएका हुन्। कैलालीका टमाटा नेपालले सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा राष्ट्रिय टिमबाट खेलेका थिए।

सन् २००१ देखि प्रशिक्षण थालेका उनले नेपाली राष्ट्रिय टिम, महिला राष्ट्रिय टिमसँगै उमेर समूहका टिमको मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस