सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर सेलाइयो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर सेलाइयो


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा जलाइएको छ । 

जोशीको इच्छा बमोजिम शरीरलाई अस्पतालमा दान दिएपछि उनको जन्मकुण्डलीलाई आइतबार बेलुकी जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाएको गिरीश गिरिले जानकारी दिएका हुन् ।

जोशीका लुगाफाटा पनि सेलाइएका छन् भने खरानीलाई बागमती नदीमा सेलाइएको उनको भनाइ छ । लामो समयदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान निधन भएको थियो । जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस