ओली ज्ञानेन्द्रभन्दा पनि निरङ्कुश भए : घनश्याम भुसाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली ज्ञानेन्द्रभन्दा पनि निरङ्कुश भए : घनश्याम भुसाल


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरङ्कुश भएको टिप्पणी गरेका छन् । 

आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् । उनले ओलीको जबरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको उल्लेख गरे । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर ओलीले काम गरेकाले पार्टीमा समस्या उत्पन्न भएको उनले तर्क गरे । 

पटक-पटक संसद विघटन गरेर ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसविरुद्ध आफूले पार्टीमा सङ्घर्ष गरेको भुसालले उल्लेख गरे । सांसदलाई प्रहार गरेर लोकतन्त्रलाई खतरामा पार्ने काम ओलीले नै गरेको उनको भनाई थियो । सत्तारुढ गठबन्धनका दलबाट पनि समर्थन पाएका नेता भुसालले यो गठबन्धन लोकतन्त्र जोगाउनेहरूको गठबन्धन भएको चर्चा गरे । 

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन क्षेत्र नं.१ मा आफूहरूले जितिसकेको पनि उनले उद्घोष गरे । चुनावी माहोल अनुसार आफ्नो टिमले चुनाव सजिलै जित्ने उनले दाबी गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस