अझै प्रतिगमनको खतरा छ : देउवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अझै प्रतिगमनको खतरा छ : देउवा


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् । 

‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । 

‘गठबन्धन संस्कृतिको विकास जे भएको छ, यो मिलेर चुनाव लड्ने र मिलेर लोकतन्त्रको सुदृढीकरण गर्दै देशको गरिबी हटाउने यो मौका पनि हो चुनौती पनि हो’, प्रधानमन्त्री देउवाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी ओनसरी घर्ती साहसी महिला भएको टिप्पणी गरे ।  

‘ओनसरी साहसी महिला हुनुहुन्छ । सभामुख हुँदा अत्यन्तै कुशलतासाथ जिम्मेवारी पुरा गर्नुभएको छ । मलाई त विश्वास पनि थिएन । तर सफलतापूर्वक जिम्मेवारी पुरा गर्नुभयो । सभामुख हुँदा पार्टी भन्दा पनि राष्ट्रको हित हेर्नुभयो’, देउवाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस