ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ४६ सवारी कारबाहीमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ४६ सवारी कारबाहीमा


२९ आश्विन २०७९, शनिबार


काठमाडौँ । आज गरिएको विशेष चेकिङको क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तीव्र गतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठुलो आवाज निकाल्ने २ ओटा मोटरसाइकलका चालक कारबाहीमा परेका हुन् ।

त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ७ सय ८८ जना चालक पनि कारबाहीमा परेका छन् । स्पष्ट रुपमा नम्बरहरू नदेखिने र मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजोदेखि तीव्रता दिएको हो ।

नम्बर प्लेट स्पष्ट नराखी सवारी साधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसारको कसुर हुनुको साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने भएकाले स्पष्ट रूपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडि राख्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस