एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा


२९ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ ।

तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।

एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस